पोखरा । सातौँ एसिया कप ट्रायथलन २०२४ मा पुरुषतर्फ इजिप्टका सिफेल्दिन इस्माइल र महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिर च्याम्पियन हुनुभएको छ । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा सम्पन्न उक्त प्रतियोगितामा उहाँहरू च्याम्पियन हुनुभएको हो । पुरुषतर्फको प्रतिस्पर्धामा च्याम्पियन सिफेल्दिनले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किलोमिटर दौड सम्पन्न गर्न ५६ मिनेट ४५ सेकेण्डको समय लिनुभएको थियो ।
पुरुषतर्फ नै अस्ट्रेलियाका ब्रुकलिन हेनरी दोस्रो हुनुभएको छ । उहाँले ५७ मिनेट १० सेकेण्डको समय लिनुभयो भने तेस्रो हुनुभएका जापानका मिट्सुहो मोचीजुकीले ५७ मिनेट २० सेकेण्डको समय लिनुभएको थियो । यसैगरी अस्ट्रेलियाका निक फ्रिस्बी चौथो हुनुभयो । उहाँले आफ्नो दूरी ५७ मिनेट २५ सेकेण्डमा सक्दा पाँचौँ स्थानमा जापानका युया कोवायासी बन्नुभयोे । उहाँले ५७ मिनेट २५ सेकेण्डको समय लिनुभयो ।
यसैगरी सोही इभेन्टको महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिरले १ घण्टा ६ सेकेण्डमा दूरी पार गरी च्याम्पियन बन्नुभयो ।
यस्तै गाम्बियाकी इजिमा मानामी इजिमाले १ घण्टा ४२ मिनेटको समय लिँदै दोस्रो स्थान हासिल गर्नुभयो भने १ घण्टा ४ मिनेट १८ सेकेण्डको समय लिनुभएकी उज्वेकिस्तानकी एलिना खाकीमोभा तेस्रो, १ घण्टा ५ मिनेट ९ सेकेण्डको समयमा दौड पूरा गर्नुभएकी इण्डोनेसियाकी मार्टिना आयू प्रातिवी चौथो र १ घण्टा ५ मिनेट २९ सेकेण्डमा आफ्नो प्रतिस्पर्धा पूरा गर्नुभएकी जापानकी इकुमी सेतोले पाँचाँै स्थान हासिल गर्नुभयो ।
एसिया कप ट्रायथलनअन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालसहित २० देशका अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, गाम्विया, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्याण्ड, लक्जेम्वर्ग, जापान, भारत, मरिसस, कजाकस्तान, बंगलादेश, उज्वेकिस्तानलगायत देशका खेलाडीले सहभागिता जनाएका थिए ।
साउथ एसिया ट्रायथलन च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भएको दशौँ संस्करणको साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरन विजेता बन्नुभएको छ । उहाँले १ घण्टा २ मिनेट ३ सेकेण्ड लिँदै विजेता बन्दा भारतकै कौशिक विनय मालन्दकर दोस्रो हुनुभयो । उहाँले १ घण्टा ३ मिनेट ६ सेकेण्डको समय लिनुभयो । त्यस्तै, नेपालका विपन खत्कत्वा तेस्रो हुनुभयो । उहाँले उक्त दूरी १ घण्टा ५ मिनेट २५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।
त्यसैगरी महिलातर्फ भारतकी मान्सी मोहिती विजेता बन्नुभयो । उहाँले १ घण्टा ७ मिनेट ५१ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पूरा गर्नुभयो । दोस्रो स्थान नेपालकी श्रेवी महर्जनले हात पार्नुभयो भने तेस्रो स्थान पनि नेपालकी शोभा बलामीले हात पार्नुभयो । श्रेवीले १ घण्टा ११ मिनेट ४५ सेकेण्डको समय लिँदा शोभाले १ घण्टा २१ मिनेट १३ सेकेण्डको समयमा लक्ष्य पूरा गर्नुभयो ।
राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत सम्पन्न राष्ट्रिय ट्रायथलनमा विपन खत्कत्वा विजेता बन्नुभएको छ । उहाँले १ घण्टा ५ मिनेट २५ सेकेण्डको समय लिनुभएको थियो भने १ घण्टा ६ मिनेट २० सेकेण्डको समय लिनुभएका प्रविन थारु दोस्रो र १ घण्टा ७ मिनेट ४८ सेकेण्डको समय लिनुभएका मुकेश थारु तेस्रो हुनुभयो ।
यसैगरी महिलातर्फ १ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयमा दूरी पार गर्नुभएकी श्रेवी महर्जन विजेता बन्दा शोभा बलामी दोस्रो र ज्ञानुकुमारी चौधरी तेस्रो हुनुभयो ।
जुनियर साउथ एसिया च्याम्पियनसिप जुनियर साउथ एसिया च्याम्पियनसिपमा भारतका साइ केडी र भारतकै कृषिभ पटेल पहिलो र दोस्रो हुँदा नेपालका यजु महर्जन तेस्रो हुनुभएको छ । महिला जुनियरतर्फ नेपालकी श्रेवी महर्जन विजेता हुँदा दोस्रो र तेस्रो स्थानमा भारतका खेलाडीद्वय दुर्विशा पवार र प्रेरणा श्रवण कुमार रहनुभएको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य-सचिव श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच