हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब–इन्जिनियरको पदस्थापन भएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगबाट पास भइ आएका २० जना सहायक स्तर पाँचौ तहका सब-इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो ।
नवनियुक्त सब–इन्जिनियरलाई मन्त्री एका लाल श्रेष्ठले जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो । देशमै केहि गरौं भन्ने सोचका साथ र आफ्नै रोजाईको पेशाको रुपमा जनताको सेवा गर्ने क्षेत्रमा प्रवेश गर्नुभएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले तपाईहरुले कार्यक्षेत्रमा गर्ने कामको मुल्यांकन जनता स्वयम्ले गर्ने समेत बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईं र म जनताको सेवा गर्नैको लागि भनेर यो क्षेत्रमा लागेका छौँ । जनताले कसरी स्वच्छ पानी खान पाउछन, जनतालाई छिटोभन्दा छिटो सेवा प्रदान कसरी गर्न सकिन्छ भन्नेतर्फ सचेत भएर काम गर्नुहोला । कामको आधारमा जनताले पुरस्कृत र दण्डित आफै गर्छन् ।तपाईको कामलाई जनताले पुरस्कृत गरुन् ।’
यस्तै मन्त्री श्रेष्ठले दरबन्दी अनुसारको कर्मचारी अझै अभाव रहेको बताउदै अहिलेको पदस्थापनले केही राहत मिलेको बताउनुभयो । मन्त्रालयका सचीव इन्द्रदेव भट्टले नवनियुक्त सब-इन्जिनियरलाई सपथ ग्रहण र नियुक्ति पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख रविन श्रेष्ठ, जलस्रोत तथा सिंचाइ महाशाखा प्रमुख मेघराज अवस्थि, लेखा प्रमुख गोबिन्द अधिकारी, प्रशासन अधिकृत तीर्थ घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
-मञ्जु मैनाली
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच