![संसदीय छानविन समिति बनाउन सत्ता-प्रतिपक्षीबीच सहमति](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/parliamentary-investigation-committee-Hita-fornt-page.jpg)
परिवार परिवारका ज्येष्ठ सदस्यको मातहतमा चलेको हुन्छ । समाज समाजका उच्च र मान्य व्यक्तिका आधारमा अघि बढेको हुन्छ । राज्य राज्यको अधिकारी र शासनमा रहेको प्रधान व्यक्तिका भावना र उसका कर्मले चलेको हुन्छ । यसैलाई सामाजिक व्यवस्था राजनीतिको स्वरूप मानिएको छ । प्रधान शासक परिवारको पारिवारिक घटक मानिएको हुन्छ । राज्य सञ्चालनका आफ्नै आधार रहेका हुन्छन् । राज्यका ती आधार राज्य सञ्चालनका लागि आफैँमा जीवन्त हुनु आवश्यक छ । राज्यका अङ्गले जीवन्तता पाएनन् भने राज्यव्यवस्था पनि कमजोर हुने गर्दछ । यो अवस्था आएमा देशको विकासमा पनि बाधा उत्पन्न गर्ने कुरा निश्चितप्रायः मानिएको पाइन्छ ।
न्याय हराएको देश कहिले पनि देशका रूपमा रहन सक्दैन । न्यायालयको अवस्था र त्यसले निबांह गर्ने भूमिकाका आधारमा देशको व्यवस्थालाई कानुनीराज्यको दर्जा दिने गरिन्छ । कानुनको राज्य नै संसारको सबैभन्दा शक्तिशाली राज्य हो ।
समाजको सामाजिक व्यवस्था खलबलियो भने राज्यसंयन्त्रले पनि त्यस सामाजिक व्यवस्थामा आफ्नो उपस्थिति जनाउन सक्दैन । मानिसको मानवीय व्यवहारमा कुनै किसिमको कमजोरी देखिनु पनि हुँदैन । राज्य संयन्त्रको काम देशका सबै अङ्गलाई सुदृढ र व्यवस्थित राख्नु हो । राज्यसंयन्त्रलाई तथा समाजलाई व्यवस्थित राख्ने आधार हो न्यायव्यवस्था । न्यायको व्यवस्थापकीय पक्ष कमजोर भयो भने राज्यका सबै संयन्त्रले आफूलाई पङ्गू सावित गरेका हुन्छन् । न्यायको व्यवस्थापकीय पक्ष नै सबल हुनु अति आवश्यक मानिएको छ । न्याय हराएमा देशको सार्वभौमसत्ता पनि कमजोर हुने कुरालाई नकार्न सकिँदैन । न्यायालय कमजोर भएमा त्यो देशको सबै अवस्था कमजोर हुने तर्कलाई कसैले पनि नकार्न सक्दैन । यो सार्वजनीन सत्य हो ।
न्याय उच्च हो
न्याय हराएको देश कहिले पनि देशका रूपमा रहन सक्दैन । न्यायालयको अवस्था र त्यसले निर्वाह गर्ने भूमिकाका आधारमा देशको व्यवस्थालाई कानुनीराज्यको दर्जा दिने गरिन्छ । कानुनको राज्य नै संसारको सबैभन्दा शक्तिशाली राज्य हो । यदि कानुनका माध्यमबाट देश सञ्चालन हुन सकेन भने राज्यको राजकीय व्यवस्था पनि कमजोर हुने तर्कलाई नकार्न सकिँदैन । कानुनीराज्यको व्यवस्थालाई जीवन्त बनाउन देशमा दण्डको व्यवस्था गतिलो हुनु अनिवार्य मानिएको छ । यदि कानुन नै कमजोर र लाचार भयो, शासकमा निर्णय लिने सामथ्र्य भएन भने देशको अवस्था कमजोर हुने गर्दछ । न्यायलाई व्यवस्थित गर्न धर्मप्रतिको आस्था र विश्वास शासकमा हुनु अनिवार्य मानिएको छ । राजा युधिष्ठिरलाई भीष्मले धर्मका बारेमा यसरी उल्लेख गरेका छन्
धर्मस्याख्या महाराज व्यवहार इतीष्यते
तस्य लोपः कथं नस्याल्लोकेष्ववहितात्मनः
इत्येवं व्यवहारस्य व्यवहारत्वमिष्यते ।।
हे राजन ! धर्मको अर्को नाम व्यवहार हो । समाजमा निरन्तर आफ्नो कर्मलाई जीवन्त बनाउने पुरुषले कुनै पनि अवस्थामा धर्मको लोप नहोस् भन्ने चाहेको हुन्छ । त्यसैले नै दण्डको व्यवस्था गरिएको हो । धर्म व्यवहार हो । धर्म कर्म हो । धर्म सबैप्रति सद्भाव राख्ने अवस्थाको नाम हो । यदि मानिसले कुनै अवस्थामा धर्मलाई व्यवहारका माध्यमबाट सञ्चालनमा ल्यायो भने उक्त राज्यको व्यवस्थापकीय पक्ष कमजोर हुँदैन । व्यवहार र धर्मलाई एकातिर थन्क्याएर शासनको बागडोर चलाउने काम गरेमा उक्त शासकको शासकीय मान्यतामात्र होइन राज्यका सबै संयन्त्र कमजोर हुने तर्कलाई उनले व्यवहारका रूपमा देखाए ।
मानिसमा व्यवहारकुशल गुण हुन्छन् । ती व्यवहारलाई जीवन भोगाइका अवस्थामा राखियो भने मानिसले जीवनलाई सजिलो तरिकाले चलाउन सक्छ भनिएको छ । दण्डविधान शासनको सबैभन्दा उत्तम अस्त्र हो । दण्ड विधान भएन भने शासकीय पद्दति नै कमजोर हुने कुरालाई नकार्न सकिँदैन । शासकले दण्ड विधानलाई जीवन्त रूपमा पालन गरेको हुनुपर्दछ ।
सुप्रणीतेन दण्डेन प्रियाप्रियसमात्मना
प्रजा रक्षति यःसम्यग्धर्म एव स केवलः ।।
शासकले प्रिय र अप्रियप्रति समभाव राखेर कसैप्रति पक्षपात नगरिकन दण्डको सही सदुपयोग ग¥यो भने शासकीय व्यवहार र शासक समेत कमजोर नहुने तर्कलाई यहाँ उल्लेख गरिएको छ । शासक न्यायमा वा दण्डबिधानमा तेरो र मेरोको भावबाट मुक्त भयो भने राज्यका व्यवस्थापकीय पक्ष कमजोर नहुने तर्कलाई यहाँ उल्लेख गरिएको छ ।
राज्यको व्यवस्था भन्नु जनता वा नागरिक सुखी हुनु हो । नागरिक सुखी नहुने अवस्था भएमा शासक र शासकीय व्यवहारलाई कमजोर मानिएको हुन्छ । राज्यका सबै अङ्गमा समान् व्यवहार र त्यसले दिने अवस्थाका सबै कार्यहरू निरन्तर रूपमा चल्नु पनि हो । यदि त्यसरी राज्यको संयन्त्र चल्न सकेन भने व्यवस्थाप्रति नै नागरिकले प्रश्न उठाउन सक्ने अवस्था सिर्जना हुने गर्दछ । यसैलाई दण्डको विधान मानिएको छ ।
न्यायालये न्यायविदो न देशे राजा न मन्त्री बहुशास्त्रविज्ञः
शूराश्च सीमासु नियमैः निबद्धाःशान्तिः सुखं नैव ततोद्रस्ति बन्धो !
जुन देशको न्यायालयबाट न्याय पाइँदैन । शासन चलाउने शासकले शास्त्रको अध्ययन गर्दैनन् । त्यो देशमा कहिले पनि शान्तिको अवस्था आउँदैन । यो हो शास्त्रको मान्यता र शास्त्रले दिने आधार पनि । हामीले न्यायोचित तरिकाले देश सञ्चालन गर्न सकेनौँ । दण्डहीनताले देशलाई गतिशील बनाउन पनि सकेन । देशको अवस्था दिनदिनै बिग्रँदो अवस्थामा पुग्यो । अनि कसरी शासक बनेर बसेका छौँ । शासकले देशलाई पहिला र आफू तथा आफन्तलाई पछि हेर्ने हो । नेपालमा त्यो हुन सकेन ।
सचेत बनौँ
देश कुनै नेताको होइन । देश कुनै राजनीतिक दलको पनि होइन । देश हामी सबै नेपालीको हो । यो देशका हकदार राजनीतिक दल र तिनका मुठ्ठीभर कार्यकर्ता होइनन् । नेपालमा बस्ने नेपाली र जीवन निर्वाह गर्न बाहिरिएका नेपाली पनि यो देशका हिस्सेदार हुन् । अझ नेपालको शिक्षाबाट केही नपाइने उद्देश्य लिएका र आफ्ना सपना साकार पार्न अध्ययनका लागि बाहिरिएका नेपाली तरुणहरू पनि यो देशको उन्नति र अवनतिका हकदार हुन् । यो देशको बिग्रँदो अवस्थाका हकदार सबै नेपाली होइनन् । देशको सामाजिक, धार्मिक राजनीतिक अवस्था खल्बलाउने नेता नै यो अवस्थाका जिम्मेदार हुन् ।
स्थानीय तहमा भ्रष्टाचार बढेका छन् । मानिस असहिष्णु बनेको छ । विद्यार्थीमा नैतिकता हराएको छ । सामाज विद्रुप देखिएको छ । राजनीति गर्ने व्यक्ति भ्रष्टाचारमा रमाएको छ । युवाहरू बाहिरिएका छन् । राजनीति गर्ने व्यक्ति र तिनका कार्यकर्तामात्र नेपालमा बसेका छन् ।
अध्ययनका लागि समर्पित विद्यार्थी स्वदेशमा केही गर्छु भनेर अध्ययन गरेको हुन्छ । विदेशबाट पाउने छात्रवृत्तिमा समेत आफन्तको नाम पठाउने व्यक्ति तथा नेपालको राजनीतिमा विचलन ल्याउने व्यक्ति पनि यसका जिम्मेवार पदाधिकारी हुन् । यो अवस्थाको सिर्जना नेपालीले गरेका होइनन् । नेपालीले त नेपालको राजनीतिमा परिवर्तन ल्याउन राजनीतिक दललाई पूर्णरूपमा साथ दिएका हुन् । देशको यो जर्जर अवस्थालाई बाहिर ल्याउने उद्देश्यले नेपाली जनता आन्दोलनको भुमरीमा होमिएका पनि होइनन् । वर्षमा लाखौँ विद्यार्थी बाहिर देशका गल्लीमा भौँतारिन पठाउनुमा पनि नेपालीको दोष पटक्कै छैन । सामाजिक सञ्जालमा हवाइअड्डामा साठी वर्षको व्यक्ति कामका लागि बाहिर जान लागेको समाचार आयो ।
यो पक्कै पनि राम्रो समाचार होइन । किन यो अवस्थाको सिर्जना भयो । राजनीतिले देशको अवस्थालाई कुन दिशातिर गतिशील बनाएको छ । आजका सत्तासीन राजनीतिक दलले बुझ्नु जरुरी छ । राजनीति देशको हितका लागि हुनुपर्दछ । व्यक्तिको हितका लागि राजनीति होइन । समाजसेवा राजनीति हो । आफ्नो सेवा कार्यकर्ताबाट गराउनु राजनीति होइन । समाजका सबै पक्षमा नेपाली दिक्क भइसके । पुराना दलहरू भ्रष्टाचारी भए । हामीले देशलाई गति दिन्छौँ भनेर आएको दलका मुखियाले पनि आफूलाई चोखो राख्न सकेका रहेनछन् ? उनी पनि सहकारीको पैसा कुम्ल्याएर बसेका रहेछन् अजिङ्गरजस्तै ।
नेपालका प्रत्येक क्षेत्रमा राजनीति हावी भयो । राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र भए सबै संस्थान र शिक्षा क्षेत्र पनि । एउटा कार्यकर्ता संस्थान प्रमुख, अर्को कार्यकर्ता विश्वविद्यालय प्रमुख हुन्छ अनि कसरी बन्छ देश ? देश बनाउन व्यक्तिगत स्वार्थ मानिसमा हुनुहुँदैन । व्यक्तिगत स्वार्थले मानिसलाई कहिले पनि माथि उठ्न दिँदैन । यहाँ त मानिस व्यक्तिगत स्वार्थी मात्र भएनन् । देश चलाउने शासक नै व्यक्तिगत स्वार्थमा भरिएका छन् । नेपालीले देशको विकास र उन्नतिलाई आधार बनाएर राजनीतिक दलको आन्दोलनलाई स्वीकार गरेका हुन् । समाजको राष्ट्रको विकासका साथै गास, वासको व्यवस्था मागेका हुन् ।
यस देशका राजनीतिक दलले त्यो अवस्था सिर्जना गर्न सकेनन् । आफू रमाए र आफन्तलाई रमाउन दिए । नेपालीलाई विदेशका गल्लीमा भौँतारिन पठाएर । नेपालीले विश्वास दिए । उनीहरूले बालिग मतबाट आफ्नो चाहना जाहेर गरे । राजनीतिक दलले जनताको त्यस अभिव्यक्तिलाई हाँसोका रूपमा लिए । आफू र आफन्तको हित चाहे । यो राजनीतिक दलमा देखिएको स्वार्थ हो । स्वार्थले देश चल्दैन । देश सञ्चालनका लागि नेताहरूमा निस्वार्थ भावना हुनु अपरिहार्य छ जो नेपालका नेतामा छैन । एक अर्का नेता र राजनीतिक दलप्रति विष वमन गरेर महान् भइन्छ भन्ने प्रवृत्ति सबै राजनीतिक दलमा देखियो ।
विदेशमा अध्ययनका लागि गएको नेपाली, कामका लागि विदेशमा पुगेको नेपालीलाई स्वदेशमा काम गर्ने अवस्था कहिले सिर्जना गर्ने हो । छात्रवृत्तिमा समेत घोटाला गर्ने यो देशको राज्यसंयन्त्रबाट सामान्य नेपालीले के आशा गर्न सक्छ र ? ऊ नेपालको अवस्था हेरेर विदेशको भूमिमै आफूलाई जीवन्त बनाउन सक्रिय रहेको छ । समाज विघटित बनेको छ । परिवारमा विग्रह उपस्थित भएको छ । पतिपत्नीका बीचमा सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । कानुन भए पनि तिनको पालना गराउन सरकार सक्दैन ।
स्थानीय तहमा भ्रष्टाचार बढेका छन् । मानिस असहिष्णु बनेको छ । विद्यार्थीमा नैतिकता हराएको छ । सामाज विद्रुप देखिएको छ । राजनीति गर्ने व्यक्ति भ्रष्टाचारमा रमाएको छ । युवाहरू बाहिरिएका छन् । राजनीति गर्ने व्यक्ति र तिनका कार्यकर्तामात्र नेपालमा बसेका छन् । विकासका नाममा पर्यावरण समाप्त पारिएको छ । राजनीतिक अस्थिरताले देशका सबै संयन्त्रलाई पङ्गु बनाइएको छ । त्यसैले सचेत बनौँ । राजनीतिक स्थिरता दिएर नेपालीको बाँच्न पाउने अधिकारलाई सुरक्षित राखौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच