म्याग्दी । म्याग्दीका वन जंगलमा यतिबेला लटरम्मै d\of पाकेका छन् । बैशाखको पहिलो सातादेखि जेठको अन्तिम सातासम्म वन जंगलमा पाइने प्राकृतिक फल काफल र एैंसेलु सहर बजारमा बस्ने आफन्तहरुका लागि गाउँलेले पठाउने गुनिलो कोशेली बन्नुका साथै बजारमा राम्रो मूल्यमा विक्री हुने गरेको छ ।
पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकाका प्रायः सबै ठाउँहरुमा काफल र एैंसेलु पाकेका छन् । धवलागिरि गाउँपालिकाको मुना र मराङबाट कोशेलीको रुपमा दरबाङ, बेनी,पोखरा, काठमाडाैं र चितवनसम्म काफल र एैंसेलु पुर्याउने गरिएको धवलागिरि गाउँपलिका-६ की मिठू सुवेदीले जानकारी दिनुभयो ।
त्यसैगरी धवलागिरि गाउँपालिका-७ मा पर्ने धारापानीको जंगलमा काफल टिपेर विक्री गर्दै आउनुभएका टेकबहादुर थापाले यसवर्षको अहिलेसम्म रु एकलाख भन्दा बढीको काफल विक्री गरेको बताउनुभयो । “बजारमा पुर्याउने हो भने त खोसाखोस नै हुन्छ, धेरैले काठमाडाैं, पोखरा र चितवनमा रहेका आफन्तहरुलाई कोशेली पठाउन काफल र ऐंसेलु किन्ने गर्दछन्” थापाले भन्नुभयो ।
मालिका गाउँपालिकाको शिक्षा शाखामा कार्यरत सुन्दर खत्री शुक्रवार घरमा जाँदा काफल कोशेले बोकेर जाने गर्नुहुन्छ । काफल सबैले रुचाउने हुँदा यही लिएर जाने गरेको उहाँको भनाइरहेको छ ।
गाउँघरमा अर्गानिक रूपमै फल्ने काफल नुनखुर्सानीसँग साँधेर सुकाएपछि मोलेर वा यसै पनि खाने गरिन्छ । पहाडको ताजा काफल र ए खान पाउँदा सहरबजारमा बस्नेहरू खुसी हुन्छन् । यो दुई महिना काफल बेच्ने, काफल किन्ने र काफल खानेलगायत खुसी हुने समय भएको मालिका गाउँपालिका-५ का टिकाबहादुर पुनले बताउनुभयो ।
मुना-दरबाङ, मराङ-दरबाङ र बेनी-दरबाङ सडक छेउछाउमा काफल र एैंसेलु बेच्नका लागि बालबालिकादेखि वयस्क महिला र पुरुष देखिने गरेका छन् । उनीहरुले जंगलमा संकलन गरेको काफल र एैंसेलु सडक किनारामा ल्याएर विक्री गर्ने गर्दछन् । सानो गिलास भरिको काफल र एैंसेलु रु ५० देखि रु ८० सम्ममा विक्री हुने गरेको काफल व्यापारी सुनिता किसानले बताउनुभयो । यो सिजनमा काफल र एैसेलु विक्री गरेर रु ५० हजारदेखि रु एक लाखसम्म कमाइ हुने गरेको काफल व्यापारीहरको भनाइ रहेको छ ।
अरू समयमा खेती-किसानी गर्ने कृषक यतिबेला अन्य काम छाडेर काफल बेच्नमै व्यस्त छन् । “बिहानभर रुखमा चढेर काफल टिप्ने र दिनभर ओहोरदोहोर गर्ने सवारीसाधनका यात्रुलाई बेच्ने गर्दछौ” टीकाकुमारी परियारले भन्नुभयो ।
यहाँका पुरुष मात्र होइन महिला र बालबालिका सबैले काफल बेचिरहेका हुन्छन् । जंगलमा फल्ने भएकाले स्याहारसुसार गर्नु नपर्ने, धेरै मेहनत गर्नु नपर्ने र लागत पनि शून्य जस्तै पर्ने भएकाले काफल बेचेको पैसा सबै मुनाफा जस्तै हो । खर्च कटाउनु नपर्ने, ज्याला दिनु नपर्ने भएपछि किसानले काफल बेचेको सबै पैसा पूर्ण आम्दानीमा जोड्छन् ।
सिजनमा नजिकको बजार सडकछेउमा बसेर बिक्री गरेको काफलको पैसाले किसानले दैनिक उपभोग्य सामग्री खरिद गर्ने, बालबच्चाको पढाइमा खर्च गर्ने, केही रकम बचत गरेर पछिका लागि राख्ने गर्दछन् ।
काफल बेचेर पढाइ खर्च
पश्चिम म्याग्दीका विपन्न बालबालिकाहरुले मौसमी जंगली फल काफल टिपेर विक्री गरी वर्ष भरीलाई पुग्ने कापी, कलम, झोला र विद्यालय पोसाक किनेका छन् ।
धवलागिरि गाउँपालिका-७ धारापानीकी १४ वर्षिया उर्मिला परियारसँगै १३ वर्षका रोहन विक, सौगात थापा, लक्ष्मी परियारलगायत आठ/दश जना बालबालिकाहरु दरबाङ-धारापानी-ताकम-मुना सडकको छेउमा बसेर मौसमी फल काफल विक्रि गरी वर्ष भरीको पढाइ खर्च जुटाउने गर्नुभएको छ ।
पश्चिम म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकाका साथै बेनी नगरपालिकाको भकिम्ली, ज्यामरुककोट लगायतका गाउँका विद्यालय उमेरका बालबालिकाले मौसमी फल काफल बेचेर पढाइ खर्च जुटाउने गरेका हुन् ।
गाउँका जङ्गल तथा भीर पाखामा फल्ने मौसमी फल टिपेर नजिकको बजार वा सदरमुकमसम्म ल्याई बिक्री गरेर उनीहरुले किताब, कापी, विद्यालय पोसाकलगायत वर्षभरीका लागि चाहिने शैक्षिक सामग्री खरिद गर्ने गरेका दरबाङ बजारका भीम सिउथानीले बताउनुभयो ।
जिल्लाका धारापानी, ताकम, मुना, ओखरबोट भकिम्लीको तोराखेत, ओखरबोट, रुम, काफलबोटलगायत गाउँका बालबालिका ऐँसेलु, काफल टिप्न जङ्गल जाने गर्दछन् ।
उनीहरुले सङ्कलन गरेका फल नजिकको बजार, विद्यालय वा सडक छेउमा बसेर बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरीको पढाइ खर्च टार्ने गरेको तोराखेतका १४ वर्षीय प्रकाश घर्तीले बताउनुभयो ।
“वैशाखदेखि जेठको पहिला सातासम्म १४ हजार रुपैयाँको काफल र ऐँसेलु बेचेँ, त्यसैले किताब, कापी, कलम, झोला र विद्यालय पोसाक किनेको छु” घर्तीले बताउनुभयो ।
फुर्सद्को समयमा दरबाङ बजार र सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु पाँच सयदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको स्थानीय किरण पुनले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच