काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
आईतवार भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो । उहाँले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उहाँले यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ । नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ । मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ । मातृभाषाबाट सञ्चालन भएका मिडियाहरुलाई म सम्मान गर्न चाहन्छु । यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पु¥याउँछ । म तपाईंहरुको योगदानको प्रशंसा गर्दछु । कदर गर्दछु । अहिले आदिवासी जनजातिका हराउँदै गएको अवस्थालाई संगठित भएर काम गर्न खोज्ने तपाईंहरुलाई सम्मान गर्दछु ।’
मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकताहरुलाई संगठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच