
काठमाडाैं । योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो। अर्थात् योगमा यति धेरै शक्ति छ कि यसले अमरत्व प्राप्त गर्न सक्छ। कतिपय मानिसहरूले योगलाई सरल सरल ठान्छन्। तर, यो त्योभन्दा धेरै हो। योग मुख्यतः एक आध्यात्मिक अनुशासन हो, जसमा जीवन शैलीको पूर्ण सार आत्मसात गरिएको छ।
रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।
अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ ।
योग कला पनि हो, विज्ञान पनि हो । यो एक विज्ञान हो, किनकि यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ। गहिरो ध्यान सम्भव बनाउँछ। र, यो एक कला हो, जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन। यसले सतही परिणाम मात्र दिन्छ। योग विश्वासको प्रणाली मात्र होइन, यसले शरीर र मनको एकअर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा ल्याउँछ।
योगः एक जीवन पद्दति
योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।
स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।
योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।
किन आवश्यक छ योग ?
परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे ।
अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ ।
जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।
याेगकाे महत्व
- योगको अभ्यासले शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
- योगले भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
- योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लै गर्न कुनै कठिनाइ हुँदैन ।
- योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
- योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
- योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ ।
- मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ ।
- योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुन्छ ।
- योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।
- योगले शरीरमा बढी भएको क्यालोरी कम गर्छ ।
- योगले ञरिढ’को लचकता बढाएर यौवन, युवापन र शरीरमा स्फुर्ती ल्याउछ ।
- योगले जोर्नीहरुलाई खुकुलो बनाउँछ ।
- योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ ।
- योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने हुदा अक्सिजन लिने क्षमता बढाउँछ ।
- योगले खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी दिन्छ र फाइदा पुग्छ ।
- योगा अभ्यासले पाचन प्रणालीका अङ्गलाई मजबुत बनाउँछ । यसको कुनै साइड इफेक्ट केही छैन् ।
- योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
- शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
- योगले मस्तिष्कलाई सफा बनाउँछ।मन स्वस्थ राखी सकारात्मक बनाउन मद्दत गर्छ।
- योग शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच