
काठमाडौंं । पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव सेयर बजारमा पनि परेको छ । मंगलबार सेयर बजारमा बढ्ने र घट्ने क्रम चलिरहृयो । बिहानै दुर्ईपटक सर्किट लागेर बन्द भएको नेप्से पछि ७६ अंकले घटेको थियो भने कारोबार समयको अन्त्यतिर ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको थियो । चार अर्ब ५६ करोड सात लाख ९७ हजार रुपैयाँको कारोबार भएको मंगलबार कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् ।
जसमध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.३० प्रतिशत बढेको छ । बैंकिङ र व्यापार समूह तीन प्रतिशतभन्दा बढीले बढेको छ भने निर्जीवन बिमा २.४३, लगानी २.३१, जीवन बिमा २.१७, वित्त २.११ र विकास बैंक २.०१ प्रतिशतले ले बढेको छ । होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र अन्य समूहको परिसूचक पनि प्रतिशतभन्दा धेरै बढेको छ ।
एनआएन इन्फास्टक्चरको सर्वाधिक १२ करोड ३३ लाख ८५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने गुडविल फाइनान्स ११ करोड १० लाख, युनाइटेड इदीमर्दी १० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्स १० करोड ५२ लाख र हिमालयन डिष्टिलरीको १० करोड नौ लाख रुपैयाँको कारोबार भएको छ । सानिमा जिआइसी, जानकी फाइनान्स, नेपाल फाइनान्स, सिद्धार्थ प्रिमियमको प्रमोटर सेयर र सिइडिबी हाइड्रोपावरको पनि सर्वाधिक कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक तीन लाख ६६ हजार पाँच सय कित्ता सेयर कारोबार भएको छ ।
हिमालयन डिष्टिलरीको ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्त ६.९४, गुडविल फाइनान्स ५.७४, नेसनल हाइड्रोपावर ५.५१ र सनराइज ब्लुचिप फण्डको इकाई मूल्य ५.३६ प्रतिशतले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिसेयर ६.४६ प्रतिशतले घटेर १८१५.६० रुपैयाँमा झरेको छ । हिमालयन ऊर्जा विकास कम्पनी ६.२१, १०.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ को ३.५१, १०.२५ प्रतिशत, प्राइम बैंक डिबेञ्चर २०८६ को ३.१८ प्रतिशत र बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य २.१७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच