
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरको केही समयपछि कम्पनीले यस्तो योजना ल्याएको हो ।
जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बिमामार्फत् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्ने कम्पनीले जनाएको छ । सोही यथार्थलाई विज्ञापन माध्यमबाट आमनागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचारप्रसार गर्ने लक्ष्य रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरका रूपमा अनुबन्धन गरिसकेको कम्पनीले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ’ भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उहाँलाई नै अनुबन्ध गरेको छ । ग्राहकलाई जीवन बिमा माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देश अझ सुदृढ गर्न यस्तो क्याम्पियन अघि सारिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच