
काठमाडौं । ‘ट्राफिक पुलिस मिरर’ विमोचन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त मिररको विमोचन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाइडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदि ट्रेडिङलगायतका संघसंस्थाहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको उक्त मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई समेटेको जानकारी गराउनुभयो । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भूमिका खेल्ने जिकिर गर्नुभयो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहासदेखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सीप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको जनाउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायीहरूका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच