
काठमाडौं । इलामकी सुजाता सुब्बाले द मिसेस नेशनल २०२४को उपाधि चुम्नुभएको छ । विवाहित महिलाहरूबीचको यो दोस्रो संस्करणको सौन्दर्य प्रतियोगिता फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहनुभएकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो । ‘महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ’ भन्ने नाराका साथ क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता बन्नुभएको थियो ।
१६ विवाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाइस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुवि किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुइर मिसेस प्mयासिओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माइल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाइरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी वेष्ट वाक उपउपाधिको विजेता बन्न सफल हुनुभएको थियो ।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहनुभएको थियो । प्रतियोगिता पूर्वखानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
आयोजक संस्था क्रिजोनाका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरूलाई चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरूमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिँदै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच