मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । झापाको गौरादह नगरपालिका-१ सितापुरीमा बिहीबार बिहान १ बजे भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरले हाँकेको ना.९ प.१२७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकलको पछाडी बसेका ४१ वर्षीया कमल ठाकुरको मृत्यु भएको हो । गम्भीर घाइते कमललाई उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो । आज बिहान अढाई बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

भारत झारखण्ड जिल्ला गोडा स्थायी घर भएका कमल गोपालको घरमा पाहुना आएको व्यक्ति भएको खुलेको छ । गोपालले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएकाले अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

दमकबाट घर फर्कदै गर्दा पाडाजुँगी - गौरादह सडकखण्डको सितापुरीमा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?