छायाँनाथ रारामा शिक्षा समुह गठन

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानिय शिक्षा समूह गठन गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख ऐश्वर्य मल्लको संयोजकत्वमा १५ सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरिएको हो ।
यस अघि पनी छायाँनाथ रारा नगरपालिकामा सामाजिक समितीका संयोजकत्वमा शिक्षा समूह गठन भएको भएपनी अहिले कानुन कार्यविधि अनुसार पुन नगर उप प्रमुख मल्लको संयोजकत्वमा स्थानिय शिक्षा समूह पुर्न गठन भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

बिहिबार एक अभिमुखिकरण कार्यक्रमको आयोजना गरी विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समुह ( गठन तथा सञ्चालन ) निर्देशिका २०८० अनुसार युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक नेपालको सहजिकरण तथा छायाँनाथ रारा नगरपालिकाको सहजिकरणमा स्थानिय शिक्षा समूह पुर्नर गठन गरिएको हो ।

जसको सदस्यमा छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाही, स्वास्थ्य शाखा प्रमुख पुर्ण बहादुर मल्ल, सदस्य सचिवमा शिक्षा शाखा प्रमुख गणेश न्यौपाने रहेका छन् ।

त्यसै गरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यममा गैरसरकारी महाँसघका अध्यक्ष कर्णजंग शाहीलगायत हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुका कार्यक्रम ब्यवस्थापक शिवचन्द्र कार्की, अपाङ्ख पुर्नस्थापाना डार्डो नेपाल बाट रतन बहादुर शाही, समाज जागरण केन्द्र (स्याक नेपालं) बाट नरेन्द्र बहादुर रावल,शिक्षकहरुको प्रतिनिधित्व गर्दै जंग बहादुर शाही, चन्द्र प्रकाश बढुवाल र अर्जुन कार्की विद्यालय ब्यबस्थापनको प्रतिनिधित्व गर्दै दान बहादुर सावत , ईन्दिरा मल्ल र नेपाल पत्रकार महांसघको प्रतिनिधित्व गदै नेपाल पत्रकार महांसघका उपाध्यक्ष दान बहादुर बुढा नेपाल रेड्क्रस सोसाईटिबाट सितला मल्ल, अन्तर सरकारी निकायबाट प्रतिनिधित्व गदै खड्क भियाल शिक्षा समुहमा सदस्य रहेका छन् ।

यस समूहले शिक्षा क्षेत्रको विपद जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताउनु भयो ।

शिक्षा समुहले विद्यालय सुरक्षा कार्यान्वयन, विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापनलगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षा सम्बन्धी कार्यहरू गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी गराउनु भयो ।

यस्तै कार्याक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख ऐश्वर्य मल्लले स्थानीय तह शिक्षा समूहमा आवद्ध भएका सदस्यहरुले शिक्षा क्षेत्रको विपत्तका क्षेत्रमा र शिक्षाको बिकासका क्षेत्रमा समन्वयकारी भुमिकामा रहेर काम गर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नूभयो शिक्षा क्षेत्रको विपद जोखिम न्यूनिकरणमा क्षमता विकासका क्षेत्रमा संयोजकसंगै सदस्यको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुने भएकाले सबैको साथ र सहयोगको समुहले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?