गङ्गालाल अस्पताललाई ५०० शैया बनाउन गुरु योजना तयार गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनु भएकाे छ ।

मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुग्नुभएका मन्त्री पौडेलले यस्तो बताउनुभएकाे हाे ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुग्नुभएकाे हाे ।

मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

मन्त्री पौडेलले गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनुभयाे । उहाँले अन्य ६ वटै प्रदेशमा समेत हृदय केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने बताउनुभयाे ।

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?