काठमाडौं । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरोकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच सम्झौता भएको छ । पर्वतारोहण क्षेत्रमा दुर्ई देशबीचको ज्ञान, सीप आदान-प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवद्र्धनको प्रचारलगायतका विषयमा सम्झौता भएको हो ।
अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको हालसम्मकै ठूलो सम्झौता भएको संघका अध्यक्ष निमा निरू शेर्पाले बताउनुभएको छ । हाल पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगै पदयात्रा तथा आरोहणका लागि जाने कतिपय पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था छ । जसका लागि ‘हाई अल्टिच्युड म्याउण्टेन रेस्क्यु सेन्टर’ स्थापना गर्ने र हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा गर्नुपर्ने उद्धार कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ ।
दुवै संस्थाले संयुक्त रूपमा ‘हिमालयन माउण्टेरिङ कल्चर सेन्टर’ निर्माण गर्ने सहमति भएको छ । जसमा दुवै संस्थाले दुवै पक्षको आरोहण संस्कृति प्रवद्र्धन गर्ने र प्रवद्र्धनका लागि मद्दत गर्ने, पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने, दुवैै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने, आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिने सम्झौतामा उल्लेख छ । जसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघले उच्चस्तरको पर्वतारोहण तालिम लिन आरोही नेपाल पठाउनेछ ।
सम्झौता कार्यान्वयनका लागि संघले सबै निकायका प्रतिनिधि रहने गरी प्रस्ताव अघि सारेको छ । प्रस्तावमा सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालतर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघको प्रतिनिधि रहने संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच