सिमकोट गाउँपालिकाले उठायो रु ६८ लाख राजस्व

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा रु ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा आन्तरिक श्रोतबाट आफुले सोचे भन्दा कम राजस्व संकलन गरेको बताएको छ । गाउँपालिकाले आर्थिक २०७९।०८० मा रु पचास लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष राखेपनि झण्डै ४३ लाखसम्म मात्रै संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । यो आर्थिक वर्षमा गाउँपालिकाले सोचे अनुसार राजस्व संकलन गर्न नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो । यो आर्थिक वर्ष २०८०/०८१ मा रु असी लाख रुपैयाँ राजस्व उठाउने लक्ष भएपनि ६८ लाख मात्रै संकलन भएको छ ।

सिमकोट गाउँपालिकाले आर्थिक २०७९/०८० भन्दा आर्थिक वर्ष २०८०/०८१ मा रु २५ लाख बढीले आन्तरिक श्रोतबाट राजस्व संकलन गरेको हो । गाउँपालिकाले दुई वर्ष यतादेखिका आर्थिक वर्षबाट उठेको राजस्वबाट गाउँपालिकाको जग्गा खरिद देखि भवन निर्माणसम्मका लागि लगानी गरिने भएकाले अन्य क्षेत्रमा खर्च नभएको रोकायाले बताउनुभयो ।

गाउँपालिकाले, घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नविरकण, वडाका सम्पूर्ण सिफारीसलगायतबाट राजस्व उठेको बताइएको छ । राजस्व वृद्धि गर्न गाउँपालिकाले राजस्व चुहावट भएका क्षेत्रहरुको पहिचान गर्ने समेत बताइएको छ । गाउँपालिका भवन निर्माण रु एक करोड छुट्याएको बताइएको छ । तर गत वर्षभन्दा यो वर्ष २५ लाखले बढी राजस्व संकलन भएपनि सोचे अनुसारको उठ्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो ।

यस्तै सिमकोट गाउँपालिकामा आर्थिक २०७९/०८० भन्दा २०८०/०८१ मा कम बजेट फ्रिज पठाएको छ । आर्थिक २०७९/०८० मा रु चार करोड बढी बजेट फिर्ता पठाएको सिमकोट गाउँपालिकाले यो आर्थिक वर्षमा झण्डै साढे दुई करोड बजेट फिर्ता पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो । यो आर्थिक वर्षमा गाउँपालिकाले झण्डै दुई करोड कमले बजेट फ्रिज हुनुका साथै काम पनि सन्तोषजन भएको गाउँपालिका अधिकृत रोकायाले पुनः बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?