जहाज दुर्घटना अपडेट : १५ जनाको मृत्यु, ४ जनाको जीवितै उद्धार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ४ जनाको जीवितै उद्धार गरिएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको विमानमा १९ जना यात्रु सवार थिए । उनीहरू सबै सौर्यकै कर्मचारी रहेको बताइएको छ ।

उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?