धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु

सुनसरी । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो ।

धरान उपमहानगरपालिका-१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो । गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका-१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोनना गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?