काठमाडौं । कक्षा–१२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् । यसपालि चारमा चारै जिपिए ल्याउने विद्यार्थी भने शून्य रहेका छन् । त्यस्तै, ३.६१ देखि चार जिपिए ल्याउने ९ हजार ५९१ जना छन् ।
यसअघि गत वर्ष २०७९ सालको नतिजाअनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका थिए । २०७८ सालको नतिजाअनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका थिए । विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको हो । त्यस्तै, समग्र नतिजामा समेत सुधार देखिएको छ । गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसैगरी, जिपिए ३.२१ देखि ३.६० ल्याउने ४६ हजार ८९३ जना छन् । २.८१ देखि ३.२० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ७५ जना छन् । जिपिए २.४१ देखि २.८० ल्याउनेको संख्या ६१ हजार ३६, जिपिए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ८ हजार २४० जना छन् । १.६० देखि २.० जिपिए ल्याउने विद्यार्थी संख्या १२ जना छन् ।
यसरी कुल ३ लाख ९० हजार ८६८ परीक्षार्थीमध्ये दुई लाख तीन हजार ८४७ जनाको ग्रेडिङ भएको छ । अर्थात् ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक शर्माका अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडमा परेका छन् । तीमध्ये एक लाख २७ हजारले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नै प्रकाशन गरिएको हो । उक्त निर्देशिकाले ग्रेडिङमा पर्न प्रत्येक विषयमा कम्तीमा ३५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको छ । ३५ भन्दा कम अंक आएका परीक्षार्थी ननग्रेडिङमा पर्छन् ।
मौका परीक्षा भदौ २५ र २६ गते
कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार ५२ दशमदव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच