काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्याण्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औं संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जित्नुभएको हो ।
अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा जितेको पुरस्कारले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने निर्देशक भामले बताउनुभयो । नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेत्री ल्हामोसँगै सोनम तोप्द्न, तेञ्जिङ डल्हाल, कार्म शाक्यलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उहाँको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ । डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायांकन गरिएको उक्त चलचित्रले गत साउन २३ देखि चलेको महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा प्रतिस्पर्धा गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच