
काठमाडौं । यसवर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ । बालसाहित्य र रंगमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पु¥याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
वरिष्ठ साहित्यकार प्रा.रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिसअनुसार २०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विसं २०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष कुशे औंसीको दिन प्रदान गरिँदै छ । ‘युवावर्ष मोती पुरस्कार’ पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो । अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच