काठमाडौंं । एमकेएम फेशन हाउस र सामरी इन्टरनेसनल इभेन्टको संयुक्त आयोजनामा राजधानीमा ‘डिएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले सम्पन्न भएको छ । जमलस्थित सांस्कृतिक संस्थानको हलमा आयोजित समारोहमा ब्राइडल, मोडलिङ, सिंगिङ, एक्टिङ र डान्सिङ विधाका गरी २९ प्रतिभा पुरस्कृत भएका छन् । एमकेएम ब्राइडलतर्फ विना बलामी रोयले शीर्ष उपाधि हासिल गर्नुभएको छ भने चन्दु बलामी फस्ट रनर अप र रेनु पन्जियार सेकेण्ड रनरअप हुनुभएको छ । मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वाइस तथा कविता बस्नेतले भियोर च्वाइसको पुरस्कार प्राप्त गर्नुभएको छ ।
डिएएसएम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङतर्फ सुदिस्ना भण्डारीले टाइटल उपाधि जित्नुभएको छ भने सदीक्षा तामाङ फस्ट रनर अप, शिभानी धिताल सेकेण्ड रनरअप हुनुभएको छ । काभ्या केसी, अनु पौडेल, रोशनी नेमकुल र प्रेनिका घिमिरे थर्ड रनरअप घोषित भए । डिएएसएम सुपरस्टार सिंगिङतर्फ अमन तामाङ विजेता र निश्चल चौधरी फस्ट रनरअप हुनुभएको छ भने डान्सिङ विधाको उपाधि आलिया लामा, सृष्टि साहु फस्ट रनरअप, रिटिना महर्जन सेकेण्ड रनरअप र सृजु वाग्ले थर्ड रनरअप भएका छन् । एक्टिङतर्फ आहिल श्रेष्ठ विजेता, छाया मगर फस्ट रनरअप, प्रसुना कार्कीले सेकेण्ड रनरअप र क्रिस्मा खड्काले थर्ड रनरअपको पुरस्कार प्राप्त गरेका छन् । पाथीभरा समूहतर्फ सिंगिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनरअप र सोही समूहकै डान्सिङ विधामा वर्षा श्रेष्ठले उपाधि प्राप्त गर्नुभएको छ भने आध्या बुढाथोकी फस्ट रनरअप, आरध्या बजगाई सेकेण्ड रनरअप र आरोही न्यौपाने थर्ड रनरअप भएका छन् ।
त्यस्तै ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस (मानकुमारी इन्टरनेसनल प्रालि)की सिइओ दिलमाया मगर र प्रशासन अधिकृत विमला विक इभेन्ट टिम मेम्बरका रूपमा रहनुभएको थियो भने डिएएसएम सुपरस्टारतर्फ सामरी इन्टरनेसनल इभेन्टका सिइओ भरत सामरी, प्रबन्ध निर्देशक महेन्द्र शाही, अञ्जन परियार, सुस्मिता तिमल्सिना, प्रतिमा डगौरा, प्रभात बस्नेत र सुजन सापकोटाले इभेन्ट टिम मेम्बरका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए भने सिंगिङतर्फ इशान श्रेष्ठ, डान्सिङतर्फ सन्दिप भुजेल र मोडलिङतर्फ सम्राटप्रसाद साह प्रशिक्षकका रूपमा रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच