काठमाडौं । टर्निङ बेष्ट टु इनर्जीः सिटी रिजन फुड, इन्भायरोमेन्ट एण्ड सेनिटेसन नेक्सेस भन्ने नाराका साथ भदौ अन्तिम साता चितवनमा तेस्रो हृयाबिटेट इन्नोभेसन कन्क्लेभ २०२४ आयोजना हुने भएको छ ।
काठमाण्डु विश्वविद्यालय(केयु) र कृषि वन विश्वविद्यालयको आयोजनामा भदौ ३१ र असोज १ गते चितवनस्थित कृषि वन विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा हुने सम्मेलनले सरकार, विज्ञ, शैक्षिक, व्यावसायिक, संगठन र विद्यार्थीका महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने आयोजकले जनाएको छ ।
सम्मेलनको मुख्य उद्देश्य सो क्षेत्रका चुनौतीहरू पहिचान र समाधान गर्नुः खाद्य सुरक्षा, फोहोरमैला व्यवस्थापन, कृषि विकास, ऊर्जा दिगोपन र वातावरणीय सुरक्षा जस्ता महत्वपूर्ण समस्या सम्बोधन गर्नु, विद्यार्थीलाई सशक्त बनाउनु, सरसफाइ अभ्यासहरूमा सुधार ल्याउनु, जिएसजिएस पहलहरूको प्रचार गर्नु, फोहोरमैलालाई कृषिसँग जोड्नुलगायत रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच