काठमाडौं । अटोमोबाइल बिक्रेता पायोनियर मोटो कर्प प्रालिले प्रिमियम लक्जरी इभी ‘जिकर एक्स’ नेपालमा सार्वजनिक गरेको छ । जिकर चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्राण्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणसाथ मोबिलिटी तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छालगायतको उपस्थितिमा उक्त गाडी सार्वजनिक गरिएको थियो ।
पायोनियर मोटो कर्पले हालै सम्पन्न नाडा अटो शो २०८१ मा जिकर एक्सको स्ट्याण्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो । जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधासहितको गाडीमध्ये अग्रपंक्तिमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच