हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर –१ ठेहे गाउँमा जन्मिएका लोकप्रिय तथा जिल्लाका चर्तित गायक नवराज भण्डारीले पहिलो पटक ‘कर्णालीको शिर’ लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।
‘कर्णालीको शिर’ दोहोरी गीतमा हुम्लाका गायक भण्डारी र जुम्ला जिल्ला हिमा गाउँपालिका पातारखोला गाउँमा जन्मिएका सम्झना अधिकारीको स्वर रहेको छ । विन खातीको शब्द, लय रहेको उक्त लोक दोहोरी गीतमा गायक भण्डारी र गायिका अधिकारीले स्वर दिएका छन् । उक्त दोहोरी गीतमा हुम्ला जुम्ला सहित कर्णालीका साविकका जिल्लाहरुको सम्भावनाका विषयवस्तु उठान गरिएको छ । पर्यटकीय सम्भावना बोकेको कर्णाली भएकाले यसको थुप्रै सम्भावनाका प्रचारप्रसार सहित मायापिरतीका शब्द पनि समेटिएका छन् ।
गायक भण्डारीले भन्नुभयो, हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विभिन्न पर्यटकीय र धार्मीक गन्तव्यको प्रचुर सम्भावना भएकाले यसको प्रचारका लागि यो गीत बजारमा ल्याएका हौं । ‘कर्णालीको शिर’ दोहोरी गीत गायक भण्डारीको आफ्नै युट्युब च्यानल प्रकाशन गरिएको छ । गायक भण्डारीले यसअघि थुप्रै देउडा गीत बजारमा ल्याइसकेका छन् । दोहोरी गीत भने पहिलो बजारमा ल्याएको गायक भण्डारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच