स्याङ्जा । नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनको आ.ब. २०७९/८० को गुणस्तर मूल्याङकनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकामध्ये ८६ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको भन्दै सम्मान गरेको हो ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यसहितका नेताहरुले उक्त गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
पालिकाले शिक्षा, स्वास्थ्य र विकासको क्षेत्रमा एकपछि अर्को लोकप्रिय कार्य गर्दै जनताको मन जितिरहेको छ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट रहेका २१ पालिकाहरुलाई समेत सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच