१२ वर्षपछि इन्दिराको ‘पछ्यौरी’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक गरिएको छ । १२ वर्षअगाडि ‘रातो घाँघर’ सार्वजनिक गर्नुभएकी गायिका इन्दिराले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याउनु भएको हो ।

यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । वैवाहिक जीवनका बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित हुनुभएकी गायिका इन्दिराले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गर्नुभयो ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पार्नुभएको छ । गीतको म्युजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिएको छ । गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो । भिडियोमा हरि हुमागाइँको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडियो खिच्न केही गाह्रो भए पनि दर्शकको चाहनानुसारको काम गरेको बताउनुभयो । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिनुभयो । भिडियोमा इन्दिरा बोल्ड, ब्युटिफूल र आकर्षक देखिनुभएको छ । नेपाली गायन क्षेत्रमा आफ्नो स्थान उच्च बनाउनु भएकी इन्दिराले केही हप्ताअगाडि बिहे गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?