जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

तेह्रथुम । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?