काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित हुनुभएको छ । यो चलचित्रमा यसअघि अभिनेता अनमोल केसी, अभिनेत्रीत्रय सुरक्षा पन्त, आँचल शर्मा र जसिता गुरुङ अनुबन्धित भइसक्नुभएको छ । केदारको प्रवेश भएसँगै चलचित्रमा कलाकारको ‘लाइनअप’ पूरा भएको निर्माता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा केदार मुख्य भूमिकामा देखिनुहुनेछ ।
सुयोग गुरुङको निर्देशन रहने ‘जेरी अन टप’को निर्माताहरूमा सरोज न्यौपानेसहित रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र रविन शेरचन हुनुहुन्छ भने ‘एसोसिएट’ निर्माताको रूपमा ओम अग्रवाल र विवेक थापा रहनुभएको छ । यो चलचित्रको कथा निर्देशक हेमराज विसीको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच