नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। पश्चिम नवलपरासीको बर्दघाट दाउन्ने सडक अन्तर्गतको खुर्सानी खोलामा सडक चर्केर भासिन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार सडक किनारको रिटर्निङ पर्खाल पनि चर्किएको छ।
सडक भासिनुका साथै विद्युत् हाइटेन्सन लाइनको ठूलो पोलसमेत सडकतर्फ ढलेको छ, जसले गर्दा थप जोखिम निम्तिएको छ। प्रहरीका अनुसार, सडक करिब साढे १ फिटसम्म भासिएको छ। साँझ करिब ५:१५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको र अहिले सडक डिभिजन र विद्युत् कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।
यस घटनाका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् भने यातायात पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायहरू घटनास्थलमा पुगेर समस्याको समाधान गर्न सक्रिय भएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच