पेरिस । केलियन एम्बाप्पेको तलब विवादलाई लिएर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अदालत जाने निर्णय गरेको छ । फ्रेन्च लिगले फरवार्ड एम्बाप्पेको पक्षमा निर्णय गरेको भन्दै पिएसजीले अदालत जाने बताएको हो ।
यसअघि फ्रान्सको फुटबल लिग गभर्निङ बडीले पिएसजीले एम्बाप्पेलाई ६ करोड अमेरिकी डलर दिनुपर्ने निर्णय गरेको थियो । त्यो एम्बाप्पेको बाँकी तलबमध्ये भएको र तत्काल दिन लिग विजेता क्लबलाई निर्देशन दिएको थियो । क्लबसँग बेमेल बढेपछि एम्बाप्पेले गत वर्ष पिएसजीसँग सम्झौता नवीकरण गर्ने निर्णय अस्वीकार गर्नुभएको थियो ।
त्यसपछि उहाँले आफ्नो बाँकी तलब माग गर्नुभएको थियो । विवाद नगरिकनै एम्बाप्पेसँगको छलफलमा मुद्दाको टुंगो लगाउन पहल गरेको तर खेलाडीले सो प्रस्ताव पनि अस्वीकार गरेको क्लबले जानकारी दिएको छ ।
एम्बाप्पे पिएजसीको सर्वकालीन सर्वाधिक गोलकर्तासमेत रहनुभएको छ । उहाँले फ्रान्सको राजधानी पेरिसमा सात वर्ष बिताउनुभएको थियो । यता एम्बाप्पेले पनि यो मुद्दा श्रम अदालतमा लैजान सक्नुहुनेछ । यसबारेमा एम्बाप्पेका प्रतिनिधिले भने अहिलेसम्म सार्वजनिकरूपमा केही बताएका छैनन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच