![कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति](https://ehimalayatimes.com/wp-content/uploads/2024/11/lila-1.jpg)
लण्डन । युइएइफ नेसन्स लिगका लागि स्टार खेलाडीबिनै इङ्लिस टोलीको घोषणा गरिएको छ । अन्तरिम प्रशिक्षक ली कास्र्लेले घोषणा गर्नुभएको टोलीमा लेभी कोलविल, कोल पाल्मर, डेक्लन राइस, बुकायो साका, फिल फोडेन, ज्याक ग्रेलिस, ट्रेन्ट अलेक्सजेन्डर-आर्नोल्ड र आरोन राम्सडेल स्टार खेलाडीले स्थान पाएका छैनन् ।
चोटका कारण धेरै खेलाडी टोलीमा नपरेको बताइएको छ । यसैगरी मोर्गन रोजर्स, जारोड बोवेन, जेराड ब्रान्थवेट, टिनो लिभ्रामेन्टो र जेम्स ट्राफोर्डलाई टोलीमा राखिएको छ । इंग्ल्याण्डले नोभेम्बर १४ मा ग्रिस, त्यसको तीन दिनपछि रिपब्लिक अफ आयरल्याण्डको सामना गर्नेछ ।
इङ्लिस टोलीमा गोलकिपरः डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफोर्ड, रक्षकः मार्क गुएही, एजरी कोन्सा, रिको लुइस, कायल वाकर, लुइस हल, टेलर हार्वुड-बेलिस, जेराड ब्रान्थवेट, टिनो लिभ्रामेन्टो, मिडफिल्डरः कोनोर गालाघर, मोर्गन गिब्स-हृवाइट, एन्जल गोमेस, जुड बेलिङघम, कर्टिस जोन्स, मोर्गन रोजर्स र फरवार्डः एन्थोनी गोर्डन, हृयारी केन, नोनी माडुके, ओली वाटकिन्स, डोमिनिक सोलान्के, जारोड बोवेन हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच