काठमाडौं । अमेरिकन फिल्म मार्केटको ४५औं संस्करण नोभेम्बर ५ देखि १० सम्म लस भेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भयो । ८० भन्दा धेरै देशका १०० भन्दा बढी वक्ताले फिल्मका आर्थिक पाटोदेखि एआई, फिल्म स्ट्रिमिङ, र स्टोरी टेलिङ जस्ता विषयमा मन्तव्य दिए । यो संस्करणमा संसारभरका ६००० भन्दा धेरै चलचित्रकर्मीको उपस्थिति थियो ।
नेपालबाट चलचित्र सम्पादक निशान घिमिरेले आफ्नो ‘राड स्टुडियो’ र नेपाली चलचित्र क्षेत्रलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो । उहाँले विभिन्न देशका फिल्ममेकरहरूले छलफल गर्ने क्रममा नेपाली फिल्मको कथावस्तु, प्रविधि, र छायांकनस्थलको बारेमा चासो देखाएको बताउनुभयो । निशानले यस अनुभवलाई आगामी प्रोजेक्टहरूमा उतार्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा टेवा पुर्याउन कोसिस गर्ने सुनाउनुउनुभयो । निशान नेपाली म्युजिक भिडियो र चलचित्र सम्पादनमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच