काठमाडौं । प्रभु केबुलकारले ३० करोड रुपैयाँको सेयर निष्कासन गर्ने भएको छ । प्रभु ग्रुप्स एण्ड कम्पनिजअन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डष्ट्रिज लिमिटेड गरी चार कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता भएको छ । प्रभु केबुलकार एण्ड टुरिजमको सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा प्रभु केबुलकार एण्ड टुरिजमका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो ।
प्रभु केबुलकारको लगानीमा तीनवटा केबुलकार परियोजना अघि बढेका छन् । जसमध्ये बुटवलमा भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत असोजदेखि सञ्चालनमा आइसकेका छन् ।
प्रभु केबुलकार एण्ड टुरिजम नै सिद्धार्थ केबुलकारको मुख्य लगानीकर्ता कम्पनी हो । उक्त केबुलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरव मन्दिर, कर्णेल उजीर सिंहको शालिकलगायत पुरातात्विक सम्पदा रहेका छन् । प्रभु केबुलकार एण्ड टुरिजमको लगानीमा सुदूरपश्चिमको बाजुरास्थित बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबुलकार सञ्चालन गर्ने कम्पनीको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच