चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो ‘आइकोनिक प्लेयर्स’ मा ब्याटर सलाहुद्दिन खानलाई छनोट गरेको छ । युवा प्रतिभा छनोटका लागि चितवनले भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरेको थियो । ‘आइकोनिक प्लेयर्स’ छानिएसँगै सलाहुद्दिनले एनपिएलमा चितवन रोयल्सको प्रतिनिधित्व गर्ने बाटो खुलेको छ ।
यसैगरी टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट मनिष पुन र रोशन झालाई पनि छनोट गरेको छ । उहाँहरूले विशेष प्रशिक्षणको अवसर प्राप्त गर्नुहुनेछ । चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल हुनुहुन्छ । टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल आइपुगे माइकल लेभिट
एनपिएलका लागि डच ब्याटर माइकल लेभिट नेपाल आइपुग्नुभएको छ । लेभिटले काठमाडौं गुर्खाजबाट एनपिएल खेल्दै हुनुहुन्छ । उहाँलाई आइतबार काठमाडौंका पदाधिकारी, खेलाडीलगायतले बाजागाजासहित स्वागत गरेका थिए । लेभिटले नेदरल्याण्ड्सका लागि १७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र चार अर्धशतकसहित ५५० रन प्रहार गर्नुभएको छ । काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी हुनुहुन्छ । यसैगरी टोलीले वसन्त शाही ठकुरीलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच