
काठमाडौं । नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घसाधना सम्मान अर्पण गरिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’ समारोहमा उहाँलाई सो सम्मान अर्पण गरिएको हो । राष्ट्रपति पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सिंहलाई उक्त सम्मान अर्पण गर्नुभएको थियो । उक्त समारोहमा राष्ट्रपति पौडेलले विभिन्न विधामा चलचित्रकर्मीलाई पुरस्कार अर्पण गर्नुभएको थियो ।
यस वर्षको सर्वश्रेष्ठ चलचित्रको पुरस्कार ‘बुलाकी’ प्रदान गरिएको छ । सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई चलचित्र ‘दिमाग खराब’का लागि प्रदान गरिएको थियो भने चलचित्र ‘प्रसाद २’ बाट विपिन कार्कीलाई सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्कालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ ।
यस्तै, सर्वश्रेष्ठ पटकथा लेखन तथा संवादमा ‘बुलाकी’बाट राजबहादुर साने, ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायांकार र ‘महाजात्रा’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादकमा पुरस्कृत हुनुभएको छ । त्यस्तै, चलचित्र ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल चलचित्रको अवार्ड प्राप्त ग¥यो भने चलचित्र ‘टुल्की’बाट स्वस्तिमा खड्कालाई जुरी प्रोत्साहन अवार्ड प्रदान गरिएको छ ।
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा) र विशेष चलचित्र पुरस्कार सतीदेवी, सुगुप (लिम्बु भाषा) र मार्कली (गुरुङ भाषा)लाई प्रदान गरिएको छ । समारोहमा विशेष योगदान सम्मान कलाकार तैय्यव शाह, प्रदर्शक कृष्णप्रसाद रायमाझी, द्वन्द्व निर्देशक नारायण प्रधान, कलाकार विद्या कार्की, प्रदर्शक नरेन्द्र महर्जन, कलाकार/निर्माता नन्दकिशोर प्रसाद श्रीवास्तव, निर्देशक/निर्माता भोजबहादुर गुरुङ, संगीत संयोजक, अमुल कार्की ढली, प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ र कलाकार सविता गुरुङलाई अर्पण गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा सम्पन्न भएको समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो । तस्वीर : सुरेन्द्र थापा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच