दाङ । रियलमीले दाङको न्युरोडमा आफ्नो पाँचौँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । सर्भिस सेन्टर उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ ।
काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । सर्भिस सेन्टरमा प्रयोगकर्ताले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ र वारेन्टी तथा सपोर्ट जस्ता सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको सर्भिस सेन्टरले रियलमीका स्मार्टफोनसम्बन्धी सबै समस्याको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भन्नुभयो, ‘हाम्रा नेपाली प्रयोगकर्तालाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसैगरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पु¥याउँदै रहनेछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच