काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएको छ । मंसिर १२ गतेदेखि १४ गतेसम्म संस्कृति स्कुल परिसरमा आयोजित तीनदिने कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्या समाधानमा आधारित छलफलमा सहभागी गराएर विद्यार्थीमा नेतृत्वदायी क्षमता र कूटनीतिक सोच विकास गराउनु रहेको थियो ।
काठमाडौं उपत्यकाका विद्यालयसँगै बिर्तामोड, विराटनगर, पोखरालगायतका विभिन्न शहरका १९ विद्यालयका चार सय विद्यार्थी सहभागी भएका थिए । आयोजकका अनुसार सहभागी विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका विभिन्न देशका प्रतिनिधिहरूको भूमिका निर्वाह गर्दै जलवायु परिवर्तन, शान्ति स्थापना, मानवअधिकार र शिक्षा जस्ता महत्वपूर्ण र जटिल मुद्दाहरूमा समेत छलफल गरेका थिए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघले विशेषगरी बालबालिका र महिला अधिकार स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हामी नागरिकहरू पनि ती अधिकारप्रति जिम्मेवार बन्न आवश्यक छ । नेपालका १९ भन्दा बढी विद्यालयका चार सय प्रतिनिधिले एउटै स्थानमा सहभागिता जनाउँदै गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ ।
यो संस्कृति स्कुलले गरेको एक प्रभावशाली प्रयास हो ।’ संस्कृति इन्टरनेसनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ति आचार्यले भन्नुभयो, ‘छैटौँ संस्कृति एमयुएनले विद्यार्थीलाई नेतृत्व विकास, सहकार्य र समस्या समाधानका लागि सोच्न प्रेरणा दिएको छ । यो कार्यक्रमले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकासमा विशेष टेवा प्रदान गरेको छ ।’
युनिसेफ नेपालका प्रतिनिधि चाहना सिंह राणाले भन्नुभयो, ‘यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिको जोश र ऊर्जा देख्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । हामीलाई विश्वास छ कि यस सम्मेलनका सहभागीहरूले केवल संयुक्त राष्ट्रसंघबारेमा मात्र नभई आफ्नो अभिव्यक्तिको स्वतन्त्रता अधिकारलाई व्यवहारमा उतार्ने शैलीबारे पनि जानकारी प्राप्त गर्नुभएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच