काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै बैंककी अध्यक्ष जरिन दारूवालाले भन्नुभयो, ‘नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा हामी खुसी छौँ ।
प्रभावकारीरूपमा सञ्चालन हुन सकेकै कारण बैंकको सेयरमा प्रतिफल यो क्षेत्रकै उच्च रहेको हो ।’ आर्थिक वर्ष २०८०/८१ मा बैंकको सञ्चालन नाफा चार अर्ब ७० करोड थियो भने खुद मुनाफा तीन अर्ब ३० करोड रुपैयाँ थियो । बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच