काठमाडौं । साहित्यिक पत्रकार संघले ‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान, २०८०’ साहित्यकार मोहन सिटौलालाई तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८१’ कवि सुरेन उप्रेतीलाई प्रदान गरेको छ । काठमाडौंमा एक विशेष समारोहबीच इतिहासविद् प्राडा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उहाँहरूलाई सम्मान अर्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीले संघ २०२९ सालमा स्थापना भएको जानकारी दिँदै यस संस्थाले २०३७ सालमा साहित्यकार बीपी कोइरालालाई समेत सम्मान गरेको स्मरण गर्नुभयो । लेकालीले संघले विभिन्न पुरस्कार तथा सम्मानको स्थापना गरेको पनि जानकारी दिँदै अमेरिका बस्ने सिटौला र क्यानडा बस्ने उप्रेती नेपाल आएको मौका पारेर उक्त सम्मान प्रदान अर्पण गरिएको बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसी, डा.दामोदर पुडासैनी, प्राज्ञ बाबा बस्नेतसहित सम्मानित सर्जकहरू मोहन सिटौला र सुरेन उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।
कवि मुरारी सिग्देलले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानकी काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, भ्रष्टाचारविरुद्धका अभियन्ता हेम पाठक, समालोचकहरू प्रमोद प्रधान र प्राडा.गोविन्दमान सिंह कार्की, अनेसास केन्द्रीय सदस्यहरू तारा उप्रेती (क्यानडा) र सुमन वर्षा, अनेसास केन्द्रीय समितिका पूर्वमहासचिव गणेश घिमिरे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, पत्रकार सुरेश आचार्य, साहित्यकार युवराज नयाँघरे, विमल भौकाजी, डा.हरिप्रसाद सिलवाल, ठाकुर वेलबासे, राजेश खनाल, रुद्र अधिकारी, रितु कँडेल, नीता श्रेष्ठलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच