
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा विश्वकप-२०३०, ६ देशमा हुने भएको छ । फिफा कंग्रेसले विश्वकपको यो संस्करण आयोजना अधिकार युरोपका दुई देश स्पेन र पोर्चुगलसँगै अफ्रिकी मुलुक मोरक्कोलाई सुम्पिने निर्णय गरेको छ । तर, सन् २०३० मा विश्वकप आयोजना सुरु भएको १००औँ वर्ष पुग्ने भएकाले उक्त संस्करणका सुरुवाती तीन खेल तीन फरक दक्षिण अमेरिकी मुलुकले आयोजना गर्ने फिफाले जनाएको छ । त्यसअनुसार उक्त संस्करणका सुरुवाती तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने छन् ।
फिफाका अनुसार प्रतियोगिताको उद्घाटन खेल उरुग्वेको राजधानी मन्टेभिडियोमा हुने छ । दोस्रो खेल अर्जेन्टिना र तेस्रो खेल पराग्वेमा हुने छ । यसपछिका बाँकी सबै खेल स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुने छन् ।
फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको मन्टेभिडियोमा भएको थियो । यस्तै, फिफाको उक्त बैठकबाट सन् २०३४ को विश्वकप आयोजना अधिकार साउदी अरेबियालाई प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच