गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु

फाइल तस्बिर

काठमाडाैं । पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल-करामा र शाबान अल-रायस विद्यालयहरूमा आक्रमण गरेको बताए ।

जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका थिए । साथै पूर्वी गाजा शहरको अल-तुफाह छिमेकमा रहेको आवासीय घरहरूमा पनि आक्रमण गरेका छन् । गाजामा प्यालेस्टिनी सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोली र चिकित्साकर्मीहरूले बम विष्फोट स्थलबाट २० पीडितको शव निकालेका छन् ।

मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् भने करिव ३० जनालाई विभिन्न स्थानमा चोटपटक लागेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार १२९ पुगेको छ ।

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएको छ ।

तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताउनु भयो । जसमा चार व्यक्तिको मृत्यु भएको छ जसको पहिचान अझै तय हुन सकेको छैन । प्यालेस्टिनी नागरिक सुरक्षाकर्मीहरू गाडीमा लागेको आगो निभाउन र शवहरू निकाल्न बम विष्फोट स्थलमा पुगेका थिए ।

यसअघि नाब्लस शहरको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक वृद्ध महिलासहित दुई प्यालेस्टिनीको मृत्यु भएको थियो । अक्टोबर ७, २०२३ मा गाजापट्टीमा इजरायल र हमासबीचको युद्ध शुरु भएदेखि वेस्ट बैंकका शहरहरू, शिविरहरू र गाउँहरूले बढ्दो तनावको अनुभव गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?