
जनकपुरधाम । आइतबारदेखि सुरु भएको टेस्ट संरचनाको क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलाइट कप’ वीरगञ्ज र जनकपुरमा सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सहभागी चारवटै टोलीले खेल सुरु गरेका छन् । पर्साको वीरगञ्जस्थित मैदानमा भएको दुई दिवसीय खेलको पहिलो दिन बलरहरू हाबी भएका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलमा १७ विकेट खसेको छ । खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बलर हाबी भएको खेलमा आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अलआउट भयो । पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिनुभयो । यस्तै, श्रवण यादव, रासिद खान र कुशल भुर्तेलले एक÷एक विकेट झार्नुभएको थियो ।
त्यस्तै पहिलो इनिङ सुरु गरेको पुलिसले पनि २४ ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको छ । आर्मी पुलिसभन्दा १८ रनले पछाडि छ । पुलिसका गुलसन झा र प्रेम तामाङ अविजित हुनुहुन्छ । यता बलिङमा आर्मीका साहाब आलमले पाँच विकेट लिनुभयो । सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिनुभएको थियो ।
यस्तै जनकपुरमा भएको अर्को खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । रामजानकी मैदानमा पहिलो दिन बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ बनाएको छ । बागमतीका लागि शुभ कंशाकार २२ र इशान पाण्डे नौ रनमा अविजित हुनुहुन्छ । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले एक/एक विकेट लिनुभएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मधेश ३५.३ ओभरमा एक सय दुई रनमा अलआउट भएको थियो । मधेशका लागि मायन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमान्शु दत्तले १० रन बनाउनुभयो ।
बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिनुभयो भने सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले एक/एक विकेट लिनुभएको थियो । पहिलो दिनको खेलमा स्पीनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले संघर्ष गरे । पहिलो दिन खसेका कुल २९ विकेटमध्ये २२ विकेट स्पीनरको नाममा रहृयो । आज (सोमबार) दुवै खेलको दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच