
काठमाडौं । चलचित्र विकास बोर्डले नौवटा समिति गठन गरेको छ । बोर्डले छात्रवृत्ति छनोट सिफारिश समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिश समिति, महिला चलचित्रकर्मी सशक्तीकरण समिति, आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय मूल्यांकन तथा छनोट समिति र मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति गठन गरेको हो ।
छात्रवृत्ति छनोट सिफारिश समितिको संयोजकमा रविचन्द्र अधिकारी, प्राडा.ध्रुव कार्की, पत्रकार रघुनाथ सापकोटा र चलचित्र निर्देशक दीपा पाण्डे हुनुहुन्छ । यस्तै, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति संयोजकमा खेतुलाल बिसी, सदस्यहरूमा बोर्ड सदस्य अधिकारी, चलचित्र संघका महासचिव सुरेन्द्रकुमार थापा, निर्माता संघका प्रतिनिधि, आन्तरिक राजस्व विभागका प्रतिनिधि पवित्रा बन्जाडे, गृह मन्त्रालयका प्रतिनिधि र बोर्ड अधिकृत प्रवीण पाण्डे हुनुहुन्छ । यो समितिको आमन्त्रित सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक इन्जिनियर हुनेछन् ।
यस्तै, अन्तर्राष्ट्रिय प्रवद्र्धन समितिको संयोजकमा बोर्ड सदस्य अधिकारी, सदस्यहरूमा पर्यटन बोर्डका प्रतिनिधि रोहिणीप्रसाद खनाल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि पूरक अधिकारी, चलचित्रकर्मीद्वय सन्तोष लोहनी, केवल तामाङ र पत्रकार विष्णु शर्मा हुनुहुन्छ । यसको सदस्य सचिवमा बोर्डका सदस्य सचिव राजेशकुमार थापा हुनुहुन्छ । आर्थिक सहयोग सिफारिश समितिको संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यमा सदस्य सचिव थापा र सदस्य सचिवमा प्रभाकर भट्टराई हुनुहुन्छ ।
त्यस्तै महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजकमा केकी अधिकारी, सदस्यहरूमा चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र पत्रकार गीता अधिकारी हुनुहुन्छ । हिटाकर्मीसमेत रहनुभएकी अधिकारी यसअघि पनि सदस्य रहनुभएको थियो ।
आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिको संयोजकमा सुनिल मानन्धर, सहसंयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरूमा रोहित रुम्बा, जसु गुरुङ, सोनु थारू, कुमार मोक्तान र सदस्य-सचिवमा अप्सरा समाल रहनुभएको छ ।
चलचित्र प्रदर्शन अनुगमन समितिको संयोजकमा बोर्ड सदस्य राजु खत्री क्षेत्री, केन्द्रीय चलचित्र जाँच समिति र गृह मन्त्रालयका एक-एकजना प्रतिनिधि सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका दिनेश खनाल र सचिवमा बोर्ड अधिकृत हरिसिंह रैखोला रहनुभएको छ ।
स्टोरी बैंक मूल्यांकन तथा छनोट समिति संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरूमा चलचित्रकर्मी शिव ढकाल र जगदीश्वर थापा हुनुहुन्छ । मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समितिको संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरूमा किशोर साम्बाम्फे, सुचित्रा श्रेष्ठ र नहकुल खड्का रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच