सर्लाही । सर्लाही जिल्लाको कविलासी नगरपालिका-९, सलेमपुरकी ८० वर्षीया राज कुमारी देवीको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको छ ।
पुस १८ गते राति करिब १० बजे आफ्नै घरअगाडि ताप्न बालेको घुरको आगोमा परेर देवीको अनुहार, दुबै हात र तिघ्रामा गम्भीर चोट लागेको थियो । प्रारम्भिक रूपमा प्रदेशिक अस्पताल मलंगवामा उपचार गराइए पनि थप उपचारका लागि उनलाई काठमाडौं मेडिकल कलेजमा रेफर गरिएको थियो ।
आज बिहान करिब ७:३० बजे उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा उनको निधन भएको हो । हाल शव सोही अस्पतालमा राखिएको छ ।
राज कुमारी देवीको निधनले स्थानीय समुदाय शोकाकुल भएको छ । उनका छोरा राम दिनेश रायले घटनाबारे जानकारी गराउँदै परिवारजनले यस्तो दुखद क्षणमा सहनशीलता अपनाउन सबैसँग आग्रह गरेका छन् ।
यस घटनाले आगलागी सम्बन्धी सतर्कता अपनाउनु पर्ने महत्त्वलाई पुनः उजागर गरेको छ । स्थानिय तहले आगलागीबाट हुन सक्ने दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच