इलाम । विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सङ्क्रान्ति मेला लागेको छ ।
इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल माइवेनीमा बर्सेनि लाग्दै आएको माघे सङ्क्रान्ति मेला यसवर्ष पनि भब्य रुपमा लागेको हो ।
माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्ज्लििङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक सातादेखि नै माईबेनी आइपुगेका छन् ।
यस पटक राम्रो बजार व्यवस्थापन र माइखोलाको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको मेला आयोजक समितिले जनाएको छ ।
मेलामा सयौं अस्थायी पसल खोलिएका छन् । माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच हुनेछ ।
माई र जोगमाईको संगम स्थल
जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका दुई स्थानिय तह इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । हरेक बर्षको माघेसक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ ।
स्थानिय उत्पादित कृषि उपज तथा कला संस्कृतिको प्रचार प्रसार गर्ने साथै धार्मिक आस्थालाई बचाइराख्ने उदेश्यले मेला आयोजना गरिँदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै गएको छ ।
उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन । यसरी आएका धर्मावलम्बीहरुले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माइ भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।
यसरी पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । विभिन्न प्रकारका तरुल, सुन्तला, बदाम र उखुलाई माइबेनीको प्रशिद्ध खानेकराका रुपमा लिइन्छ । माइबेनी जिल्लाकै प्रख्यात मेला भए पनि बर्षमा तीन चार दिन रमझम हुने र बर्ष भरि सुनसान हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच