
काठमाडौं । गत महिना ‘जीवन दिए’ बोलको गीत श्रोता माझ ल्याउनुभएका गायक ईन्द्र वस्याल नयाँ गीत बजारमा ल्याउने तयारीमा हुनुहुन्छ । नेपाली गीत संगीतको विकासमा लागिरहने गायक वस्याल झण्डै दुईदशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
शास्त्रीय संगीतको समेत अध्ययन गर्नुभएका वस्यालले दर्जनौं गीत गाउनुभएको छ । मूलतः आधुनिक गीत गाउने वस्याललाई शास्त्रीय संगीतको पनि राम्रो ज्ञान भएका कारण गायनमा सहजता हुनेगरेको छ । नेपाली गीतसंगीतलाई जीवन्त बनाउन उहाँले गरेको प्रयासलाई सबैले प्रशंसा गर्दै आएका छन । संगीत साधनाले मानिसको जीवनमा सकरात्मकता ल्याउने भएकाले संगीत मानवीय जीवनको महत्वपूर्ण अंश भएको उहाँको बुझाई छ ।
आफूले अंगालेको पेशाबाट आत्मा सन्तुष्टि र खुशी मिलिरहेको बताउने वस्याल भन्नुहुन्छ, ‘मानिसको जीवनमा योभन्दा अरू के हुनसक्ला र ? जब संगीत साधनामा हुनेगर्छु त्यहाँ जत्तिको खुशी र आनन्द अरू कँही छ, जस्तो लाग्दैन । अनि अर्को कुरा संगीतमा लागेर साथीभाइ शुभचिन्तक पाएको छु र अर्काे महत्वपूर्ण कुरा संगीतमा लागेर सबैबाट मित्रवत् व्यवहार कमाएको छु ।’
संगीतले मानिसको जीवनमा सधैं खुशी दिन्छ र खुशी राख्छ, संगीत थेरापी र योग पनि हो, ध्यान पनि हो । यसको साधना र श्रवणले हामीभित्र सधैं सकारात्मक सोच र भावना पैदा गरिदिन्छ । समग्रमा यसको प्रभाव भनेको सकारात्मकता नै हो भन्ने कुरालाई राम्रैसँग बुझ्नुभएका गायक ईन्द्र वस्यालका ‘स्वार्थी भई, लर्कियो होला, मैले मायाँ गरेपनि’लगायत गीत चर्चामा रहन सफल भएका थिए ।
गीतसंगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक वस्याल उदयपुर, गाईघाटका स्थानीय बासिन्दा हुनुहुन्छ भने हाल काठमाडौंको कलंकीमा रहेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच