काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको आठ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत् बिक्री खुला गरेको छ । लिबर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको आठ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत् बिक्री गर्न लागेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरू कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश वीरगञ्ज शाखा, बागमती प्रदेशः जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशः धनगढी शाखामार्फत् आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच