काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा वित्तीय संस्थाको २७औँ वार्षिक साधारणसभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको छ । उक्त साधारणसभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७औँ वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वार्षिक वित्तीय विवरण आव २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू र लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको छ ।
साथै, वित्तीय संस्थाले निकट भविष्यमा आफ्नै भवनबाट कारोबार सञ्चालन गर्नका लागि विद्यापति चोकबाट करिब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयसँगै टाँसिएको डेढ कट्टा जग्गा खरिद गरी घर निर्माणको प्रक्रिया अगाडि बढाएको, सूचना प्रविधिलाई समयसापेक्ष बनाउने र बैंकिङ कारोबारलाई सहज गर्न अत्याधुनिक सफ्टवेयर जडान गरी कारोबार सञ्चालन गरिरहेको र वित्तीय संस्थाको कारोबार विस्तारका लागि थप दुईवटा शाखा सर्लाही जिल्लाको कौंडेना गाउँपालिका र गौंडेता नगरपालिकामा गत महिनाबाट सञ्चालनमा ल्याइसकेको छ ।
उक्त २७औँ वार्षिक साधारणसभामा वित्तीय संस्थाका सञ्चालक सदस्यहरू गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र महेशकुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव रजनिशकुमार सिंहलगायत सेयरधनी महानुभावहरू र कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच