
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको भवानीपुर जीतपुरका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साबिकको आदर्श गाविस भवानीपुर जीतपुर, बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिवले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा अन्सारीले गुदरी बजार र मीना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको खुलेको थियो ।
साथै उनले सटर उपलब्ध गराउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथसमेत नगरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, १२१ जना उपभोक्ताहरूबाट लिएको आव २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिमको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ हिनामिना गरेको आरोप आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच