झापा । समाचार लेखेको विषयलाई लिएर गौरीगञ्ज दर्पण अनलाइनका सम्पादक मदन राजवंशी "मनप्रित" माथि आक्रमण भएको छ । झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाको गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सव स्थलमा बिहीबार (हिजो) राति आक्रमण भएको हो ।
खजुरगाछी साना किसान सहकारी संस्थाका ऋण उपसमितिका संयोजक नुना चम्लागाईँका छोरा, उनका साथी सन्तोष कार्कीलगायतको समूहले राजवंशी माथि आक्रमण गरेको हो । आयोजकको आग्रहमा राजवंशी महोत्सवका प्रचारप्रसार र समाचार सम्प्रेषणमा खटएका थिए । सोहीबेला राजवंशी माथि सो समूहले आक्रमण गरेको हो । महोत्सवमा खटिएका स्वयंसेवकले राजवंशीलाई जोगाएका थिए ।
राजवंशीले गौरीगञ्ज दर्पणमा पुस २९ गते पौने दुई करोड बढी रकम अपचलन भएको समाचार प्रकाशन गरेका थिए । सो समाचारमा नुनाले भिन्नाभिन्नै शीर्षकमा ३९ लाख एक हजार ८९६ रुपैयाँ ऋण लिएको र सो रकम दुरुपयोग भएको तथ्य राखिएको छ । सोही विषयलाई लिएर राजवंशी माथि आक्रमण भएको हो ।
सहकारीमा रकम अपचलन भएको सहकारी संस्थाका अध्यक्ष डिककुमारी अधिकारीले स्वीकार गर्नु भएको छ । स्वीकारोक्तिसहितको सो भिडियो समेत सम्पादक राजवंशीले अनलाइनमा पोष्ट गर्नु भएको छ ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी गर्ने तयारी आफूले गरिरहेको राजवंशीले हिमालय टाइम्सलाई बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच